‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

काठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।
समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुनेछन् ।
तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा विकास गरिने बताइन् ।
फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उनले पारालैङ्गिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेकी छन्। फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्ण ‘ट्रान्सस्टोरी’मा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
प्रतिक्रिया