अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा
मेरोन्यूज
२०८१ कार्तिक २ गते ७:५५

काठमाडौँ। दक्षिण अफ्रिका आईसीसी टी-२० महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा एनेक बोश ४८ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा नट आउट रहिन् । लौरा वोल्भार्ड ३७ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नट आउट रहिन् । अस्ट्रेलियाकी अन्नाबेल सदरल्याण्डले २ विकेट लिएकी थिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । बेथ मुनीले सर्वाधिक ४४ रन बनाएकी थिइन् । न्युजिल्यान्ड र वेष्टइण्डिजबीचको दोस्रो सेमिफाइनल आज हुनेछ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया