नेपालले अमेरिकालाई १७ रनले हरायो

काठमाडौँ। नेपालले पहिलो टी-२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।
अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक/एक विकेट लिए ।
अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए ।
पौडेलले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७/२७ रन जोडेर आउट भए ।











सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया