टर्किएमा बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु, ३३ घाइते
मेरोन्यूज
२०८१ कार्तिक ३ गते १०:५४

टर्किएको मध्य अक्सराय प्रान्तमा शुक्रबार एउटा यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।
केही घाइतेको अवस्था गम्भीर रहेको रिपोर्टहरूले बताएका छन् । हाल अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम गरिरहेका छन् ।
गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पत्रकारहरूलाई पर्यटक बस अक्सरे शहरबाट २५ किलोमिटर टाढा पल्टिएको बताउनुभयो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको र दुर्घटनाबारे अनुसन्धान थालिएको छ ।
दुर्घटनाको कारण अङ्कारा–अक्सरे सडक अस्थायी रूपमा बन्द गरिएको थियो ।
सामान्यतया टर्कीएमा सडक दुर्घटना भइरहन्छन् । यहाँ सन् २०२३ मा सडक दुर्घटनामा परी छ हजार पाँच सय ४८ जनाको मृत्यु र तीन लाख ५० हजार आठ सय ५५ घाइते भएका आधिकारिक तथ्याङ्कले उल्लेख गरेका छ ।
सम्बन्धित
















प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया