शुक्रबार, वैशाख ११, २०८३

सभापति पक्राउविरुद्ध पोखरामा रास्वपाको प्रदर्शन

मेरोन्यूज २०८१ कार्तिक ३ गते १३:५६

पोखरा । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरेको छ ।

Advertisement
NiccNicc

शनिबार दिउसो जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट अगाडि पनि रास्वपाका कार्यकर्ता भेला भएर प्रदर्शन सुरु गरेका हुन्।

शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याइएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले पोखरामा प्रदर्शन गरेको हो।

प्रतिक्रिया