लेबनानबाट इजरायली प्रधानमन्त्रीको निवासलक्षित ड्रोन आक्रमण, गाजामा ४२ हजार ५०० को मृत्यु

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायली प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ।
टाइम्स अफ इजरायलको रिपोर्टअनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षा प्रणालीद्वारा खसालेका थिए।
इजरायल र हमासबीच चलिरहेको द्वन्द्वका क्रममा इजरायली प्रधानमन्त्रीले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भनेका थिए, “यदि हमासले हतियार छोड्न र बन्धकलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलिबाटै समाप्त हुन सक्छ।”
इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उनले यस्तो टिप्पणी गरेका हुन्। इजरायली रक्षा बलले बिहीबार सिन्वारसहित अन्य दुई जनालाई मारेको जनाएको छ।
नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको बताएका छन्। जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिक रहेका छन्।
गाजामा ४२ हजार ५०० को मृत्यु
गाजामा जारी इजरायली आक्रमण बाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार ५०० पुगेको छ। २०२३ अक्टोबर ७ यता गाजामा इजरायली सेनाको आक्रमणबाट ४२ हजार ५१९ व्यक्तिको मृत्यु भएको र ९९ हजार ६३७ घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र ३०० बढी घाइते भएको छ। पछिल्लो पटक जबलिया शिविरमा इजरायले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
















होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया