मैथिली र नेपाल भाषाको समाचार सेवाको उद्घाटन गरिँदै

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषामा समाचार सेवा प्रारम्भ गर्ने भएको छ ।
राससलाई समावेशी चरित्रको बनाउने उद्देश्यले गत असोज २९ गतेदेखि मैथिली र नेपाल भाषामा परीक्षणका रूपमा समाचार सेवा प्रारम्भ गरिएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले आज अपराह्न रासस केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा ती समाचार सेवाको उद्घाटन गर्नेछन् ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संविधानको भावनाअनुरुप राससलाई समावेशी बनाउने लक्ष्यका साथ थप दुई मातृभाषामा समाचार सेवा प्रारम्भ गरिएको बताए । “राज्यको लगानी रहेको राससमार्फत सार्वजनिक चासोका सूचना र जानकारी आम नागरिकले उनीहरूकै भाषामा बुझ्नेगरी प्राप्त गर्ने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो सोच हो”, उनले भने।
राससले नेपालको संविधान, २०७२ को मर्मअनुसार सङ्घीयता र समावेशी अवधारणालाई आत्मसात् गर्दै २०८० साल माघ २३ गतेदेखि अवधी भाषामा समाचार सेवा प्रारम्भ गरेको हो । उक्त सेवा नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा सुरु गरिएको हो । त्यसै क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा राससले दुई भाषामा समाचार सेवा शुभारम्भ गर्न लागेको हो ।
राससका सेवाग्राहीको माग सम्बोधन, समाचार सेवाको विस्तार एवं विविधीकरणका साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हाराहारीमा आफूलाई स्थापित गर्न राससले गत भदौ १७ गतेदेखि अविराम चौबीसै घण्टा समाचार सेवा सुरु गरेको छ । राससले आफ्नो स्थापनाकालयता उपयोग गरेका समाचार उत्पादन सामग्री एवं उपकरण सङ्ग्रह गरी गत साउन ३२ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय’ पनि स्थापना गरेको छ ।
राससका महाप्रबन्धक सिद्धराज राईले भने, “मुलुकमा नेपालीपछि सबैभन्दा धेरै जनसङ्ख्याले बोल्ने मैथिली र नेपाल भाषा भएकाले सङ्घीय राजधानीलाई आधार मानेर यी भाषामा समाचार सेवा प्रारम्भ गरेका छौँ ।”
राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले ‘विविधतामा एकता, नेपालको विशेषता’ भएकाले राससलाई पूर्ण समावेशी बनाउने सिलसिलामा मैथिली र नेपाल भाषामा समाचार सेवाको श्रीगणेश गरिएको बताए।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया