३६ वर्षपछि टेस्टमा घरेलु मैदानमा न्यूजिल्याण्डसँग भारतकाे हार

काठमाडौं । न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टमा घरेलु टोली भारत पराजित भएको छ।
बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो।
टेस्टमा ३६ वर्षपछि भारत घरेलु मैदानमा न्युजिल्याण्डसँग पराजित भएको हो । पछिल्लो पटक भारतले सन् १९८८ मा वानखेडे स्टेडियममा हारेको थियो ।
यो हारपछि टीम इन्डिया ३ खेलको सिरिजमा ०-१ ले पछि परेको छ । सिरिजको दोस्रो खेल २४ देखि २८ अक्टोबरसम्म पुणेमा हुनेछ ।
टेष्ट खेल १६ अक्टोबरबाट सुरु भएको थियो । तर वर्षाका कारण पहिलो दिन खेल हुन सकेन ।
दोस्रो दिन रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । पहिलो इनिङ्समा भारतीय टोली ४६ रनमा अलआउट भएको थियो । ३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडे। अरु नौं ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम स्कोर हो।
भारत पहिलो इनिङग्समा ४६ रनमै अलआउट हुँदा दोस्रो इनिङग्समा ४६२ रन जोडेर पनि बलियो लक्ष्य प्रस्तुत गर्न सकेन।
न्युजिल्यान्डका लागि पहिलो इनिङ्ग्समा रचिन रविन्द्र १३४ रन र डेवन कनवेले ९१ रन बनाएका थिए। बलिङमा भारतका कुलदिप यादव र रविन्द्र जडेजाले ३-३ विकेट लिए।
भारतका लगि दोस्रो इनिङग्समा सर्फराज खानले १५० रन बनाएका थिए। ऋषव पन्त ९९ रनमा आउट हुँदा रोहित शर्माले ५२ रन जोडेका थिए।












तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया