पाल्पामा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज क्लबको २८औँ वार्षिकोत्सवको अवसर आयोजित दोस्रो संस्करणअन्तर्गत प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौंँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका १० क्लबका खेलाडी सहभागी छन् । प्रतियोगितामा गन्नी फुटबल क्लब (पोखरा), देवदह ब्वाईज (रुपन्देही), आयोजक ज्योतिपुञ्ज युवा क्लब, होराइजन क्लब (वालिङ(, भैरव स्पोट्र्स (नवलपरासी), युनाइटेड युथ क्लब गिरवारी (पूर्वीनवलपरासी), फर्साटिकर फुटबल क्लब (रुपन्देही), त्रिशक्ति युथ क्लब (काठमाडा), २८ बिघा युथ क्लब (कावासोती–पूर्वी नवलपरासी)र न्यू युथ युनियन तानसेन (पाल्पा) ले प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार भएको उट्घाटन खेलमा फर्साटिकर युथ क्लब र भैरव स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईब्रेकरमा गएको थियो । फर्साटिकर क्लबले भैरव क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद रु तीन लाख तीन हजार तीन सय ३३ र उपविजेताले रु एक लाख ७७ हजार सात सय ७७ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीलाई रु १५ हजार पाँच सय ५५ र प्रत्येक विधामा रु सात हजार सात सय ७७ व्यवस्था गरिएको खेल संयोजक शाहीले जानकारी दिए।
यही कात्तिक १० गतेसम्म रामपुर–७ किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा बिहान २८ बिघा युथ क्लब नवलपुर र होराईजन युथ क्लब वालिङले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा आयोजक ज्योतिपुञ्ज युवा क्लब र युनाईटेड युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया