बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले हराउँदै तीन अङ्क जोडेको थियो । बङ्गलादेश र पाकिस्तानको समान एक÷एक अङ्क रहेको छ ।
खेलको पहिलो हाफमा पाकिस्तानले पहिलो अग्रता लियो । खेलको ३२औँ मिनेटमा पाकिस्तानकी जाहमेना मालिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन् ।
त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बङ्गलादेशले गोल फर्कायो । बङ्गलादेशकी सम्सुनाहर जुनियरले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन् । समूह ‘बी’ अन्तर्गत सोमबार दिउँसो १ः३० बजे हुने पहिलो खेलमा भूटान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने छ भने साझ ५ः३० बजे हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स आमनेसामने हुनेछन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया