सोमबार, पुष १४, २०८२

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

मेरोन्यूज २०८१ कार्तिक ५ गते ७:५०

काठमाडौँ । घरेलु टोली अमेरिकाले तेस्रो टी-२० आई खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए ।

प्रतिक्रिया