मलेसियामा अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय

करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ।
सन् २००० को अप्रिलमा इस्लामिक अतिवादी समूह अबु सयैफका सदस्यहरूले मलेसियाको सिपादान टापुमा रहेको एक होलिडे रिसोर्टबाट २१ जनालाई देखाएर अपहरण गरेका थिए।
मनिलाबाट करिब ९५५ किलोमिटर दक्षिणमा पर्ने जोलोको जङ्गलमा बन्धक बनाइएका ती बन्धकहरूले लाखौं डलर फिरौती नदिँदासम्म महिनौँसम्म कैद भोगेका थिए।
यसरी बन्धक बनाइएकाहरूमा फिलिपिन्स, फिनल्याण्ड, फ्रान्स, जर्मनी, लेबनान, मलेसिया र दक्षिण अफ्रिकाका नागरिक रहेका थिए ।
न्याय विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सजाय विधिको शासन कायम राख्न न्याय विभागको अटुट प्रयासको प्रतिबिम्ब हो।
गत अक्टोबर १६ मा अपहरण र फिरौतीसहित गम्भीर गैरकानुनी थुनामा राखेको अभियोगमा १७ जना अभियुक्त दोषी ठहरिएका थिए । एएफपीले प्राप्त गरेको १५७ पृष्ठ लामो निर्णयमा सबैलाई प्रत्येक अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको उल्लेख छ ।
दोषी ठहरिएका दुई जना हिलारीयन डेल रोसारियो सान्तोस तृतीय र रेडेन्डो केन डेलोसा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रतिबन्ध सूचीमा परेका छन् ।
सन् २००८ मा सान्तोस र डेलोसालाई अलकायदा र ओसामा बिन लादेनसँग ‘सम्बन्ध’ र आइएससँग सम्बन्धित लडाकू समूह अबु सयैयफ, जेमाह इस्लामियाह र राजा सोलेमान मुभमेन्टको कारबाहीमा सहभागी भएको आरोप काउन्सिलले लगाएको थियो ।
सन् २०२० मा अपहरणको घटना भएदेखि नै अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने र देशमा यस्तो कानुन लागू हुनुभन्दा पहिले नै को घटनाका अपहरणकारीलाई आतङ्कवादको अभियोग लगाउन नमिल्ने बताइएको छ ।
अभियुक्तहरूलाई २१ जना पीडितहरूलाई नागरिक क्षतिपूर्ति, नैतिक र अनुकरणीय क्षतिको लागि करिब पाँच हजार २२८ अमेरिकी डलर तिर्न आदेश दिइएको थियो।













काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया