अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु
मेरोन्यूज
२०८१ कार्तिक ५ गते १३:५८

काठमाडौँ । टर्कीएको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कू’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।
गुलेननिकट समूहले एक्स र सामाजिक सञ्जालमा पोस्ट गरेको पोस्टलाई उद्धृत गर्दै उनीहरूले ८३ वर्षीय गुलेनको अस्पतालमा आइतबार मृत्यु भएको बताएका छन् ।
हिज्मेट नामक आन्दोलनको नेतृत्व गरेका गुलेनलाई टर्कीएले ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’को नेतृत्व गरेको आरोप लगाएको थियो ।
गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आउनुभएको थियो । प्रशासनले उनको टर्कीएको नागरिकता सन् २०१७ मा खोसेको थियो ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया