बदलिँदो चुनौती सामना गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि बढ्न निर्देशन दिएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘पोष्ट ग्य्राजुएट डिप्लोमा ईन पोलिन साइन्स’, कार्यक्रममा समावेश प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको आज उनले उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै उनले सङ्गठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै पुलिसिङमा धेरै परिवर्तन भएको जानकारी गराए । सोही अनुरूप विगत र वर्तमान मात्र नभई भविष्यसमेतमा सक्षम र दक्ष ठहरिने गरी यस्ता प्रशिक्षण सञ्चालन आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल प्रहरी सङ्गठनको आधुनिकीकरण एवम् सुदृढिकरण सम्बोधन गर्न तथा सक्षम नेतृत्व तयार गर्न राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न उक्त कोर्स सहयोगसिद्ध हुने विश्वास उनले व्यक्त गरे ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया