जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम
मेरोन्यूज
२०८१ कार्तिक ६ गते १५:२१

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो ।
“जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उनले भने, “सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।” जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने तरिका, जनतालाई सेवा प्रवाह गर्ने शैली, जनताका आवश्यकता बुझ्न तालिम दिइएको उनले बताए।
उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल वसन्त आचार्यले तालिमको सहजीकरण गरेका हुन् । सोमबार सम्पन्न तालिममा १९ वटै वडाका जनप्रतिनिधि सहभागी थिए । महिला र पुरुष जनप्रतिनिधि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरले जनाएको छ । तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् ।
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया