बिहीबार, वैशाख १७, २०८३

जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

मेरोन्यूज २०८१ कार्तिक ६ गते १५:२१

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो ।

Advertisement
NiccNicc

“जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उनले भने, “सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।” जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने तरिका, जनतालाई सेवा प्रवाह गर्ने शैली, जनताका आवश्यकता बुझ्न तालिम दिइएको उनले बताए।

उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल वसन्त आचार्यले तालिमको सहजीकरण गरेका हुन् । सोमबार सम्पन्न तालिममा १९ वटै वडाका जनप्रतिनिधि सहभागी थिए । महिला र पुरुष जनप्रतिनिधि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरले जनाएको छ । तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् ।

प्रतिक्रिया