शुक्रबार, पुष ११, २०८२

धनराजको तर्क : निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?

मेरोन्यूज २०८१ कार्तिक ६ गते २१:३३

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद्‌ एवम्‌ पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नरहेको र पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरेका छन्‌ ।

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप खेपिरहेका गुरुङले सामाजिक सञ्‍जाल एक्समा सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका हुन्‌ ।

धनराजले लेखेका छन्ः

रास्वपाका साथीहरुले केही दिन देखि मेरो तस्बिर देखाएर आन्दोलन गरेको सुनें । सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निश्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु। म सधैं भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ।

म रास्वपाका साथीहरुलाई सोध्न चाहन्छु – यदि ज्योती गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?

रास्वपाले सरकारलाई आफूमाथि कारबाही दबाब दिएपछि धनराजले मङ्गलबार साँझ एक्समा सहकारी ठगीमा आफ्नो कुनै सङ्लग्नता नभएको र निष्पक्ष छानबिनका लागि संसद्‌मा कुरा राखिसकेको पनि जनाएका छन्‌ ।

साथै; पूर्वपत्नी ज्योतिले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखी कारबाही गर्न मा राख्न रास्वपालाई चुनौती दिएका छन्‌ ।

प्रतिक्रिया