धनराजको तर्क : निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद् एवम् पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नरहेको र पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरेका छन् ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप खेपिरहेका गुरुङले सामाजिक सञ्जाल एक्समा सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका हुन् ।
धनराजले लेखेका छन्ः
रास्वपाका साथीहरुले केही दिन देखि मेरो तस्बिर देखाएर आन्दोलन गरेको सुनें । सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निश्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु। म सधैं भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ।
म रास्वपाका साथीहरुलाई सोध्न चाहन्छु – यदि ज्योती गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको ?
रास्वपाले सरकारलाई आफूमाथि कारबाही दबाब दिएपछि धनराजले मङ्गलबार साँझ एक्समा सहकारी ठगीमा आफ्नो कुनै सङ्लग्नता नभएको र निष्पक्ष छानबिनका लागि संसद्मा कुरा राखिसकेको पनि जनाएका छन् ।
साथै; पूर्वपत्नी ज्योतिले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखी कारबाही गर्न मा राख्न रास्वपालाई चुनौती दिएका छन् ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया