बाबुराम नेतृत्वको नेसपाकाे नाम फेरियो, थपियो ‘नयाँ शक्ति’
मेरोन्यूज
२०८१ कार्तिक ६ गते १८:३३

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको (नेपाल) समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
मंगलबार पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको हाे।
यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ । यस्तै पदाधिकारी ११ सदस्यीय हुनेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी, १ खस आर्य, १ दलित), १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने छन् ।
अधिवेशनले सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने र पार्टीमा युवा प्रतिनिधित्व बढाउने निर्णय पनि भएको छ ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया