सिंहको टोलीमा समावेश हुने मौका, नयाँ क्रिकेट प्रतिभा खोज्दै लुम्बिनी लायन्स

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताअनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलका लागि आफ्नो टोलीमा चार उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो ।
यसरी छनोट भएका चार खेलाडीहरूमध्ये एक जनाले ‘सुपरस्टार’ को उपाधि प्राप्त गर्नेछन्, जसले नेपाल प्रिमियर लिगका अरु नामुद खेलाडीहरूसँग खेल्न पाउनुका साथै नगद पुरस्कार एक लाख पनि प्राप्त गर्नेछन् । त्यसैगरी, बाँकी तीन खेलाडीले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले लायन्स क्लबको विशेष प्रशिक्षणहरूमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।
विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरीक्षणमा युवा क्रिकेटरहरूको सिप निखार्दै उनीहरूलाई प्रोफेसनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जानकारी दिएको छ । यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँगै प्रशिक्षण र अभ्यास गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ ।
यस अवसरबारे बोल्दै लुम्बिनी लायन्सका मालिक ईश्वर जीसीले भने, ‘यो अभियानअन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस गरिरहेका छौँ । यसरी छनोट भएका लुम्बिनीका ताराहरूलाई एनपीएलमा समावेश हुने अवसर प्रदान गरिनेछ भने अन्य ३ स्टारहरूलाई पनि टिमसँगै धेरै कुरा सिक्ने मौका मिल्नेछ ।’
उनले भने, ‘लुम्बिनी प्रदेशको माटोले पहिलो वर्ष नै राम्रो सफलता हासिल गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । लुम्बिनी लायन्सलाई माया गर्नुहुने सम्पूर्ण लुम्बिनीवासी तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । लुम्बिनी लायन्सलाई यसैगरी सधैँभरि माया गरिरहन पनि अनुरोध गर्दछौँ ।’
यस सुनौलो अवसरको फाइदा लिन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्कमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।
क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया सुुरु हुनेछ, जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आँकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूचि तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिनेछ ।
यो अवसरका लागि १८ कात्तिकभित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेका आवेदकहरूको नाम कात्तिक २० मा घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिनेछ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया