कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौं : मन्त्री अधिकारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा लागेकाहरू रोजगारी सिलसिलामा विदेश जानुपर्ने बाध्यता हट्नेगरी मन्त्रालयले काम गरेको दाबी गरेका छन्।
नेपाल किसान महासङ्घ जिल्ला समिति चितवनले मंगलबार आयोजना गरेको किसानसँग अन्तरक्रियामा अधिकारीले कृषकको समस्या समाधान गर्दै विदेश पलायन हुने समस्या रोक्नेगरी काम गर्न लागेको बताए । खाली जमिनमा माटो सुहाउँदो खेती गर्नेगरी मन्त्रालयले काम अघि बढाएको पनि मन्त्री अधिकारीको भनाई छ ।
मन्त्री अधिकारीले किसानका समस्याहरू समाधान गर्न सरकार लागिपरेको स्पष्ट पार्दै कुनै पनि मन्त्रालय वा क्षेत्रमा कमजोरी गर्ने छुट यो सरकारलाई नभएको बताए । मन्त्री अधिकारीले दूधको आयात खोल्ने प्रक्रियामा सरकार नरहेको जानकारी दिँदै अहिले दुई ठूला दल सरकारमा रहेकाले कमजोरी गर्ने छुट कसैमा पनि नरहेको बताए ।
कार्यक्रममा कृषकहरुले अहिले किसानले पाएका समस्या समाधान गर्न मन्त्रालय लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले किसानलाई दिइएको अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको, विषादी नियन्त्रण गर्न नसकिएको, स्थानीय तहले जग्गा वर्गीकरण गर्दा जग्गाको उयोगिता र आवश्यकतालाई ध्यान दिन नसकेको, नेपाली उत्पादनले बजार पाउन नसकेको जस्ता समस्या राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका कार्यवाहाक सभापति राजीप न्यौपाने, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गरेका थिए । उत्पादन हेरेर अनुदान दिनसके वास्तविक किसान लाभान्वित हुने उनीहरुको भनाइ थियो ।
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया