एएफसी च्याम्पियन्स लिग : अल नासरको दोस्रो जित
मेरोन्यूज
२०८१ कार्तिक ७ गते ७:०७

काठमाडौं। एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासरले दोस्रो जित निकालेको छ ।
गएराती सम्पन्न खेलमा इरानी क्लब इस्टेघलाललाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।अल नासरको जितमा आइमेरिक लापोर्टेले एक गोल गरेका थिए । उनले खेलको ८१औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।
यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको यो दोस्रो जित हो । यो जितसँगै अल नासर तीन खेलबाट ७ अंकसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । पराजित भएको इस्टेघलालको ३ अंक छ ।अल नासरले अब च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया