बुद्धिजीवी संगठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम हस्तान्तरण गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संगठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा संगठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका लागि धन्यवाद दिए। पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।
यसपटक विपतबाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताए ।












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया