बिहीबार, वैशाख १७, २०८३

सहकारी ठगहरुलाई कारबाही गर्दैछौं, ५७५ जना थुनामा छन्

मेरोन्यूज २०८१ कार्तिक ७ गते १५:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् ।

Advertisement
NiccNicc

आज सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए । “सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

प्रधानमन्त्री ओलीले सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए । “सहकारी ठगलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको रकमसमेत फिर्ता गरिने छ,” उनले भने ।

प्रतिक्रिया