रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
मेरोन्यूज
२०८१ कार्तिक ८ गते १०:४२

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद आज सकिन लागेकाले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनी हाल कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ ।
छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको हो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया