भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रबेश

काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।
भुटानको जितमा देकी लाजोमले पाँच, पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक÷एक गोल गरे ।
देकी लाजोमले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङ याङदेनले ६५औँ र ८०औँ, सोनमले ५औँ, नामगेलले ४१औँ, देकी याङदेनले ४७ औँ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थपे ।
पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो ।
अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ । श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ । नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया