किशोरीलाई चिनियाँ नागरिकसँग बिहे गराउने प्रयास, मण्डपबाटै ८ जना पक्राउ

काठमाडौं । प्रहरीले किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा ८ जनालाई पक्राउ गरेको छ ।
धनकुटाको छथर जोरपाटी-२ घर भएकी १६ वर्षिया बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा बिहे गर्दै गर्दा तीन चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका-९ घर भएका ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका-१२ घर भएका २० वर्षीय शितल गुरूङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजी छन् ।
जबरजस्ती विवाह गरिदैँ छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । सबै जनालाई विवाह मण्डपबाट पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया