दाङमा माओवादी नेतासहित ७२ जना जुवाडे पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक ८ गते २०:३४

रुपन्देही । दाङमा प्रहरीले पछिल्लो साता जुवाडेहरुलाई धमाधम पक्राउ गरेको छ । दसैं तिहार चाडबाडको समयमा जिल्ला प्रहरी कार्यालय दाङले ७२ जना जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ ।
दाङमा नयाँ आएका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आफू आउनासाथ जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुलाई जुवातास नियन्त्रणका लागि लिखितरुपमै प्रतिबद्धता गराएका हुन् ।
जुवाताससहित पक्राउ परेका कसैलाई पनि नछोडिने एसपी तिमिल्सिनाले बताए । हालै मात्रै नेकपा माओबादी केन्द्रबाट घोराही १७ मा वडा अध्यक्षको उम्मेदवार बनेका वर्ष ५० का पदम केसीसहित १० जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको जनाएको छ ।
७२ जना जुवाडेको साथबाट हालसम्म ७ लाखभन्दा बढी रकम बरामद भएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित
















थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया