समसामयिक राजनीतिक विषयमा माओवादी केन्द्रले जनपरिचालन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले समसामयिक राजनीतिक विषयलाई लिएर जनपरिचालन गर्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयका अलावा, विपद् प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ जनपरिचालनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए।
यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपदमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिए। माओवादी केन्द्रले यही कात्तिक १० गते हुने राजधानी काठमाडौँमा जनपरिचालनको कार्यक्रम घोषणा गरेको उनको भनाइ छ । माओवादी केन्द्रले यसअघि विपक्षी दलकोतर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । संविधान र लोकतन्त्रको रक्षा एवं समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका थप विस्तार गर्ने उद्देश्यका साथ पार्टीले केही कार्यक्रम घोषणा गरेको प्रवक्ता सापकोटाको भनाइ छ । सो अवसरमा माओवादी केन्द्रका वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रमबारे जानकारी दिएका थिए ।
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया