समसामयिक राजनीतिक विषयमा माओवादी केन्द्रले जनपरिचालन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले समसामयिक राजनीतिक विषयलाई लिएर जनपरिचालन गर्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समसामयिक राजनीतिक विषयका अलावा, विपद् प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनाका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ जनपरिचालनको कार्यक्रम घोषणा गरिएको जानकारी दिए।
यस्तै, सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपदमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिए। माओवादी केन्द्रले यही कात्तिक १० गते हुने राजधानी काठमाडौँमा जनपरिचालनको कार्यक्रम घोषणा गरेको उनको भनाइ छ । माओवादी केन्द्रले यसअघि विपक्षी दलकोतर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । संविधान र लोकतन्त्रको रक्षा एवं समसामयिक राजनीतिक विषयमा पार्टीको भूमिका थप विस्तार गर्ने उद्देश्यका साथ पार्टीले केही कार्यक्रम घोषणा गरेको प्रवक्ता सापकोटाको भनाइ छ । सो अवसरमा माओवादी केन्द्रका वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले कार्यक्रमबारे जानकारी दिएका थिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया