सोमबार, वैशाख २१, २०८३

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

मेरोन्यूज २०८१ कार्तिक ९ गते १३:१९

काठमाडौँ । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

Advertisement
NiccNicc

नागरिक रक्षा प्रशासकको कार्यालय ‘एरियल नेपोमुसेनो’ले एउटा प्रतिवेदनमार्फत देशभरका नौ क्षेत्रबाट ट्रामीसँग सम्बन्धित मृत्युको खबर आएको जनाएको छ ।

आँधीको प्रभाव झेल्ने मनिलाको दक्षिणपूर्वी क्षेत्र बिकोलमा २८ जनाको मृत्यु भएको र क्यालाबारजोन क्षेत्रमा १५ जनाको मृत्यु भएको जनाएको छ । मध्य र दक्षिणी फिलिपिन्सका अन्य क्षेत्रबाट पनि ट्रामी–सम्बन्धित मृत्युको खबर प्राप्त भएको छ ।

यस वर्ष फिलिपिन्समा आएको ११औँ टाइफुन ट्रामीले मुख्य लुजन टापुमा प्रहार गरी बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले दक्षिणपूर्वी एसियाली देशको कम्तिमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको बताएको छ।

राज्य मौसम ब्यूरोले शुक्रबार दिउँसो वा साँझमा ट्रामी फिलिपिन्सबाट बाहिर निस्कने पूर्वानुमान गरेको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा टाइफुन आउने गरेको छ ।

प्रतिक्रिया