शुक्रबार, वैशाख १८, २०८३

स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

मेरोन्यूज २०८१ कार्तिक ९ गते १९:३२

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले हालै सुरू गरेको “स्काईवर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान व्यक्त गरेको छ ।

Advertisement
NiccNicc

काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काईवर्थले बधाई र सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रा.लि.का उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालकविकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।

स्काईवर्थले यस्ता योजनाहरु लगातार गरिरहनेछ । यस्ता योजनाहरुले ग्राहकहरुसंग नजिक रहन महत्वपुर्ण भूमिका हुन्छ । यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वोरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४०% सम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ ।

प्रतिक्रिया