माओवादीले आज सरकारविरुद्ध खबरदारी सभा गर्दै, ३० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शनसहित खबरदारी सभा गर्दैछ।
माओवादीले बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो। सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट कार्यकर्ताहरुको सहभागिता रहने छ ।
सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्नेछन्। प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ। प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई जनप्रदर्शनसहित खबरदारीसभा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।
जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुनेछ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको माओवादी केन्द्रले जनाएको छ ।















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया