शनिबार, पुष १९, २०८२

इजरायलद्वारा इरानमा व्यापक हवाई आक्रमण

मेरोन्यूज २०८१ कार्तिक १० गते ८:२३

काठमाडौं । इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो ।

शनिवार बिहान तेहरानमा धेरै पटक विस्फोटको आवाज सुनिएको थियो ।

रिपोर्ट अनुसार इजरायलले इरानको राजधानी तेहरान तथा करजमा आक्रमण गरेको हो।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ता डेनियल हगारीले इजरायलले अक्टोबर १ मा भएको आक्रमणको जवाफ दिएको बताए। उनले इरानको सैन्य इलाकाहरुमा सटिक आक्रमण गरेको बताएका छन् ।

एक महिना अघि हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत अन्य धेरै नेता मारिए पछि यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । यस पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रत्याक्रमण हुने बताएका थिए ।

यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।

इरानी सरकारी सञ्चारमाध्यामका अनुसार विस्फोट इमाम खुमैनी अन्तर्राष्ट्रिय एयरपोर्टको नजिकै भएको बताए छन्। इजरायलले अहिलेसम्म कम्तीमा ७ मिसायलहरु प्रहार गरेको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् ।

यो सँगै इरानले आफ्नो एयर स्पेस बन्द गरेको छ।

प्रतिक्रिया