शुक्रबार, पुष ११, २०८२

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ कार्तिक १० गते १०:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ।

शुक्रबार बसेको केन्द्रीय समितिको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार आज बैठक बोलाइएको हो।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

गत शुक्रबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले हिजोदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।

प्रतिक्रिया