नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं। वैदिक अनुसन्धान गुठी (वाग्)ले नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ को प्रकाशन गरेको छ । गुठीले शुद्धस्वरुपमा वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेदसंहिताका ४० अध्याय प्रकाशन गरेको हो ।
वैदिक सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, संस्कृतसंबद्ध ग्रन्थहरूको संरक्षण तथा प्रवद्र्धन, प्राचीन तथा अर्वाचीन ग्रन्थको अध्ययन, अनुसन्धान, सम्पादन, व्याख्या, विश्लेषण, अनुवाद तथा प्रकाशन, वैदिक वाङ्मयको प्रविधिमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र श्रव्यदृश्य पाठ्यसामग्री निर्माण, गुरुकुल एवं आश्रम सञ्चालन गरी संस्कृत, संस्कार र संस्कृतिको अध्ययन, अध्यापन र प्रचार–प्रसार, वैदिक वाङ्मयप्रति आस्थावान् व्यक्तिलाई जागरुक बनाई विशेषज्ञ उत्पादनको एकाइ निर्माण गर्ने उद्देश्यले एक वर्षअघि स्थापना भएको गुठीको यो पहिलो प्रकाशन हो ।
वेदपाठको नियमसहित समावेश गरिएको ग्रन्थको सम्पादन गुठीको संस्थापक अध्यक्षसमेत रहनुभएका युवा सन्त डा स्वामी केशवानन्द गिरिले गरेका हुन् । दुईदेखि चार जनासम्म ब्राह्मणले वेद पाठ गर्दा कति, कति अध्यायसम्म विभाजन गरी गर्ने भन्ने जानकारी समेत यो पत्रे वेदमा दिइएको छ । पुस्तकमा वेद पाठका नियमसहित वेदाध्यायीको नियम र आचरण, वर्ण एवं वर्णोच्चारणका नियम, वेद पाठ विधिलगायत विषय पनि समावेश गरेर सहज बनाइएको छ ।
पुस्तकमा वेदको महत्व, वेदको विभाजन, शुक्ल यजुर्वेद नाम रहनुमा कारण, यजुर्वेदको शाखा, वाजसनेयि माध्यन्दिन संहिता, काण्व संहिता, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विषयवस्तु, चार वेदको संक्षिप्त विवरण, वेदका अङ्गहरु, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विवरणलगायत विषयसमेत समावेश गरिएको छ । विधिअनुसार वेद पाठ गर्न चाहनेका लागि पुस्तक सहयोगी हुने देखिन्छ ।
कागेश्वरी मनोहरा–६ निवासी मुरारिप्रसाद फुयाँल एवं उहाँकी धर्मपत्नी सुशीला फुयाँलको सहयोगमा यो ग्रन्थ एक हजार एक प्रति छपाइ गरिएको हो । नेपाली कागज र सामान्य कागज गरी दुई थरी पुस्तक प्रकाशन गरिएको छ ।
कपडाको वासासहितको पुस्तक गुठीको कार्यालय गौरीघाट र पशुपतिनाथ मन्दिरस्थित शङ्कराचार्य मठमा पाउन सकिन्छ । नेपाली कागजमा प्रकाशन गरिएको पुस्तकको रु ११ हजार १११ र सामान्य कागजमा प्रकाशन गरिएको पुस्तकको मूल्य रु एक हजार १११ तोकिएको छ । पुस्तक बिक्रीबाट प्राप्त स्रोत वैदिक क्षेत्रका बारेमा गुठीले गर्ने अध्ययन, अनुसन्धामा खर्च गरिने जनाइएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया