जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जनालाई पक्राउ गरेकाे छ ।
काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-१० स्थित डेरा गरी बस्ने सोही नगरपालिका-८ घर भएका ३९ वर्षीय यम बहादुर ठकुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा यम बहादुर समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ९४ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तारा समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया