शिल्पा शेट्टीको रेष्टुरेन्टबाट बीएमडब्ल्यू चोरी

काठमाडाैं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको मुम्बईको बास्टियन रेष्टुरेन्टबाट बीएमडब्ल्यू Z4 कार चाेरी भएकाे छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार करिब १ करोड भारु मुल्य पर्ने बान्द्राका व्यापारी र कार कलेक्टर रुहान खानको याे कार शिल्पाकाे रेष्टुरेन्टबाट चोरी भएकाे हाे ।
कार चाेरी भएपछि रुहानले प्रहरी चौकीमा उजुरी दिएकी छन् ।
रुहान आफ्ना साथीहरूसँग २७ अक्टोबरको २ बजेतिरको चर्चित बास्टियन क्लब पुगेका थिए । यहाँ उनले क्लब भ्यालेटलाई कार पार्क गर्न दिए।
भ्यालेटले कार बेसमेन्टमा पार्क गरे। गाडी पार्किङ गरेको एक मिनेटमै जिपमा सवार दुई जना बेसमेन्टमा पुगे । उनीहरुले ह्याकिङ गरेर कार खोलेर भागे । यो सम्पूर्ण घटना सीसीटीभीमा कैद भएको छ ।
बिहान ४ बजे क्लब बन्द हुँदा रुहानले भ्यालेटलाई कार ल्याउन भने तर आफ्नो कार बेसमेन्टमा नभएको थाहा पाए । सीसीटीभी फुटेज जाँच गरेपछि कार चोरी भएको थाहा भएकाे हाे ।
प्रहरीले अहिले सबै सडकमा जडान गरिएका सिसिटिभीको माध्यमबाट अभियुक्त पत्ता लगाउने प्रयास गरिरहेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया