शिल्पा शेट्टीको रेष्टुरेन्टबाट बीएमडब्ल्यू चोरी

काठमाडाैं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको मुम्बईको बास्टियन रेष्टुरेन्टबाट बीएमडब्ल्यू Z4 कार चाेरी भएकाे छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार करिब १ करोड भारु मुल्य पर्ने बान्द्राका व्यापारी र कार कलेक्टर रुहान खानको याे कार शिल्पाकाे रेष्टुरेन्टबाट चोरी भएकाे हाे ।
कार चाेरी भएपछि रुहानले प्रहरी चौकीमा उजुरी दिएकी छन् ।
रुहान आफ्ना साथीहरूसँग २७ अक्टोबरको २ बजेतिरको चर्चित बास्टियन क्लब पुगेका थिए । यहाँ उनले क्लब भ्यालेटलाई कार पार्क गर्न दिए।
भ्यालेटले कार बेसमेन्टमा पार्क गरे। गाडी पार्किङ गरेको एक मिनेटमै जिपमा सवार दुई जना बेसमेन्टमा पुगे । उनीहरुले ह्याकिङ गरेर कार खोलेर भागे । यो सम्पूर्ण घटना सीसीटीभीमा कैद भएको छ ।
बिहान ४ बजे क्लब बन्द हुँदा रुहानले भ्यालेटलाई कार ल्याउन भने तर आफ्नो कार बेसमेन्टमा नभएको थाहा पाए । सीसीटीभी फुटेज जाँच गरेपछि कार चोरी भएको थाहा भएकाे हाे ।
प्रहरीले अहिले सबै सडकमा जडान गरिएका सिसिटिभीको माध्यमबाट अभियुक्त पत्ता लगाउने प्रयास गरिरहेको छ ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया