बुधबार, मंसिर १९, २०८१

नेपालको हारपछि राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा

मेरोन्यूज २०८१ कार्तिक १४ गते २१:५५

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् ।

Advertisement

बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन् । उनले अब आफुले क्लब हेर्ने प्रतिक्रिया दिएका छन् ।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर उपविजेतामै चित्त बुझाएको छ ।

प्रतिक्रिया