मंगलबार, वैशाख २२, २०८३

युक्रेनको खार्किभमा पुनः रूसी हमला : २ को मृत्यु, ३४ जना घाइते

मेरोन्यूज २०८१ कार्तिक १५ गते १५:४२

काठमाडौँ । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन्

Advertisement
NiccNicc

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार हवाई आक्रमणको माध्यमबाट रूसले प्रहार गरेको शक्तिशाली हतियार प्रमुख उत्तरपूर्वी शहर खार्किभको एक भवनमा ठोक्किएको थियो ।

गभर्नर ओलेग सिनेगोबोभले पछिल्लो आक्रमणमा एक बालक र एक वयस्कको मृत्यु भएको पुष्टि गर्दै केही मानिसरू अझै ‘भग्नावशेषमुनि फसेको हुन सक्ने’ बताए ।

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ । यो साढे दुई वर्षको युद्धमा रूसी आक्रमणले ध्वस्त भएको छ ।

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार साँझ आफ्ना पश्चिमी सहयोगीहरूलाई हमलाको प्रतिक्रियामा कार्य गर्न आह्वान गरेका छन् । उनले टेलिग्राममार्फत प्रतिक्रियात्मक कार्य गर्न ढिलाइ भएमा युक्रेनविरुद्ध सयौँ रूसी हमलाले युक्रेनी जनताको जीवन सङ्कटमा पर्ने बताए ।

जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई प्रभावकारी र राम्रो सुरक्षाका साथै लामो दूरीका हतियारहरू उपलब्ध गराउन आग्रह गरे।

प्रतिक्रिया