फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु

काठमाडौ । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा लडाइँमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
फिलिपिन्सको विद्रोही समूह मोरो इस्लामिक लिबरेसन फ्रन्ट(एमआइएलएफ) का सदस्यहरूबीच मागुइन्दानाओ डेल सुर प्रान्तको दुर्गम गाउँमा बुधबार दिउँसो भएको झडपमा उनीहरूको मृत्यु भएको फिलिपिन्सको सेना र प्रहरीले जनाएको छ ।
एक स्थानीय अधिकारीले लामो समयदेखि सशस्त्र लडाइँ चलिरहेको यस क्षेत्रमा मृतकको सङख्या १९ पुगिसकेको बताएका छन् ।
प्रान्तीय उद्धार अधिकारी अम्बोलोडोका अनुसार उक्त गाउँ वरिपरि बसोबास गर्ने दुई हजार बासिन्दा लडाइँका क्रममा ज्यान बचाउन निकासी केन्द्र तथा अन्य आफन्तहरूकोमा आश्रय लिन बाध्य भएका छन् ।
दशकौँदेखि क्याथोलिक बहुल फिलिपिन्स मुस्लिम नेतृत्वको पृथकतावादी विद्रोहसहित हिंसात्मक विद्रोहबाट ग्रस्त छ । विद्रोहमा एक लाखभन्दा बढी मानिसले अकालमै मृत्यु वरण गरेका छन् ।
सन् २०१४ मा मनिलाले एमआइएलएफसँग हस्ताक्षर गरेको शान्ति सम्झौतामा यसका सदस्यहरूको बन्दुक र हतियारहरू निस्क्रिय पार्नुपर्ने सर्त समावेश छ ।
सेनाले बिहीबार एक विज्ञप्तिमार्फत झडपका क्रममा भएको शान्ति प्रक्रियाको उल्लङघनको विरोध गर्न–सम्झौताको सल्लाहकार निकायसम्बन्धी समन्वय समितिलाई पत्रचार गरेको थियो ।
फिलिपिन्स सेनाको ९०औँ इन्फेन्ट्री बटालियनले पनि बिहीबार एमआइएलएफ एड हॉक जोइन्ट एक्सन समूहका सदस्यसँग यस क्षेत्रमा लडाकू समूहबीच प्रतिशोध रोक्नका लागि हस्तक्षेपबारे छलफल गर्न संवाद गरेको विज्ञप्तिमा उल्लेख छ ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया