इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र अवस्थामा

एजेन्सी । पश्चिमी इन्डोनेसियाको समुद्री तटमा बालबालिकासहित दर्जनौँ रोहिङ्ग्या शरणार्थी फसेको तथा उनीहरू नजिकै छ जनाको शव फेला परेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू जीवन बचाउनका लागि प्रत्येक वर्ष लामो र खतरापूर्ण समुद्री यात्रा तय गरी मलेसिया तथा इन्डोनेसिया पुग्ने आशामा डुङ्गाको यात्रा गर्ने गर्छन ।
आचेह प्रान्तको समुद्री तटबाट करिब एक सय मिटर टाढा बिहीबार बिहानै शरणार्थीहरूलाई छाडिएको पूर्वी आचेहका ग्रामीण अधिकारी सैफुल अन्वरले बताए।
उनका अनुसार उक्त समूहमा ४६ महिला, ३७ जना पुरुष र सात जना बालबालिका थिए भने दुई वटा शव किनारमा र चारवटा समुद्रमा तैरिरहेका थिए ।
स्थानीय बासिन्दाहरूबाट प्राप्त जानकारी अनुसार यी शरणार्थीहरूलाई बिहान चार बजेतिर एउटा डुङ्गाले ल्याएर छोडेको थियो । आठ जना बिरामी शरणार्थीलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पूर्वी आचेहका कार्यवाहक प्रमुख जिल्ला अधिकारी अमरुल्लाह एम रिधाले पत्रकारहरूलाई अधिकारीहरूले उनीहरूलाई आश्रय नदिएसम्म शरणार्थीहरूलाई समुद्र तटमा तम्बुहरूमा राखिने बताए ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले शरणार्थी आगमन बारे थाहा भएको जनाए पनि थप जानकारी दिन नसक्ने बताएको छ ।
आचेहका कार्यवाहक गभर्नर सफरिजलले पत्रकारहरूलाई ‘मानव बेचबिखन माफिया गतिविधि’ पछिल्लो शरणार्थी आगमनका लागि जिम्मेवार रहेको बताए।
यस महिना पश्चिमी इन्डोनेसियामा आगमन गर्ने यो तेस्रो शरणार्थी समूह हो । एक सय ५० भन्दा बढी शरणार्थी आचेहमा र अन्य एक सय ४० जना उत्तरी सुमात्रा प्रान्तमा आइसकेका छन् ।
युएनएचसि आरका अनुसार सन् २०२३ जनवरीदेखि २०२४ मार्चको बीचमा दुई हजार पाँच सय रोहिङ्ग्या डुङ्गामार्फत आचेहमा आएका थिए ।
पछिल्लो समयमा मुस्लिम जातीय समूहले म्यान्मामा उत्पीडनको सामना गरिरहेको अवस्थामा धेरैले सैन्य दमनबाट भागी छिमेकी बङ्लादेशको शरणार्थी शिविरमा शरण लिएका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया