विमल कृति पुरस्कार ‘शब्दथुम’ लाई

धरान (सुनसरी) । ‘विमल कृति पुरस्कार-२०८०’ पुरस्कार इलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिने भएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कात्तिक २४ गते हुने ३३औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा रु. दुई लाख राशीको विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामा निर्णायक समितिको सिफारिसअनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृतिलाई प्रदान गर्ने निर्णय गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले बताए ।
उपाध्यक्ष मेन्याङ्वोका अनुसार, शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको बताए । कात्तिक २४ गते हुने राष्ट्रिय कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः नगद रु. २१ हजार, रु. १८ हजार र रु. १७ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए । धरानका १०३ वर्षीया दिलमाया गुरुङ, सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र वीरेन गुरुङलाई सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया