विमल कृति पुरस्कार ‘शब्दथुम’ लाई

धरान (सुनसरी) । ‘विमल कृति पुरस्कार-२०८०’ पुरस्कार इलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिने भएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कात्तिक २४ गते हुने ३३औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा रु. दुई लाख राशीको विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामा निर्णायक समितिको सिफारिसअनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृतिलाई प्रदान गर्ने निर्णय गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले बताए ।
उपाध्यक्ष मेन्याङ्वोका अनुसार, शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको बताए । कात्तिक २४ गते हुने राष्ट्रिय कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः नगद रु. २१ हजार, रु. १८ हजार र रु. १७ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए । धरानका १०३ वर्षीया दिलमाया गुरुङ, सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र वीरेन गुरुङलाई सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया