भारतीय अर्बपति व्यापारी रतन टाटाको सम्पत्ति भागबन्डा, कसले के पाए ?

नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी रतन टाटाको निधनपछि उनको सम्पत्तिको उत्तराधिकारी को बन्ला भन्ने चासो धेरैमा थियो । टाटा ग्रुपले आफ्नो नयाँ उत्तराधिकार पाइसक्यो ।
यसैबिच रतन टाटाको इच्छापत्रमा धेरै व्यक्तिको नाम रहेको खबर आएको छ जसमा अन्तिम दिनसम्म उनका सहायकका रूपमा रहेका किशोर शान्तनु नायडूको पनि नाम छ । यसबाहेक टाटा समूहका विभिन्न कम्पनीमा कसले शेयर पाउने भन्ने पनि जानकारी दिइएको छ । रतन टाटाको सबैभन्दा ठुलो सम्पत्ति समूह कम्पनीहरूमा उनको हिस्सेदारी हो । यसबाहेक उनीसँग एउटा बङ्गला, कार र अन्य सम्पत्ति पनि उनको इच्छापत्रमा उल्लेख छ ।
रतन टाटाको सम्पत्ति कुन–कुन व्यक्ति वा संस्थाले पाउने भए ?
परोपकारी ट्रस्टहरूलाई शेयर दान गर्ने टाटा समूहको परम्परालाई ध्यानमा राख्दै, रतन टाटाको शेयर रतन टाटा इन्डोमेन्ट फाउन्डेशन (आरटीईएफ)मा हस्तान्तरण गरिनेछ । टाइम्स अफ इन्डियाले स्रोतहरूलाई उद्धृत गर्दै छापेको समाचारअनुसार टाटा सन्सका प्रमुख एन चन्द्रशेखरनले आरटीईएफको अध्यक्षता गर्न सक्नेछन् ।
कसले पाउने भयो बङ्गला ?
रतन टाटा आफ्नो जिन्दगीको अन्तिम दिन बिताएको कोलाबाको हलेकाई हाउस टाटा सन्सको पूर्ण सहायक कम्पनी इभार्ट इन्भेष्टमेन्टसँग छ । यसको भविष्य इवार्टले नै निर्धारण गर्नेछ । रतन टाटाले हलेकाई हाउस र अलिबाग बङ्गला दुवै डिजाइन गरेका थिए तर अलिबागको सम्पत्ति कसले पाउँछ भनेर स्पष्ट छैन ।
रतन टाटा र उनको परिवार (भाइ जिमी, सौतेनी भाइ नोएल टाटा र सौतेनी आमा सिमोन टाटाले)ले पिता नवल टाटाको मृत्युपछि मुम्बईको समुन्द्री किनार जुहुमा रहेको घर पैतृक सम्पत्तिमा पाएका थिए । धेरै वर्षदेखि यो घर बिक्री गर्ने योजना थियो । त्यसैले यो घर २० वर्षदेखि बन्द अवस्थामा रहेको स्रोतले जनाएको छ ।
आईटीईएफलाई जानेछ सम्पत्ति
टाटा सन्सको शेयर बाहेक, टाटा मोटर्ससहित टाटा समूहका अन्य कम्पनीहरूमा रतन टाटाको शेयर पनि आईटीईएफमै हस्तान्तरण हुनेछ । सन् २०२२ मा स्थापित भएको आईटीईएफ गैर–लाभकारी संस्था हो ।
रतन टाटासँग २०–३० वटा कारहरूको सङ्कलन पनि छ । जसलाई अहिले कोलाबाको हलेकाई निवास र ताज वेल्स लिङ्गटन मेउज सर्भिस्ड अपार्टमेन्टमा राखिएको छ । यी कार के गर्ने भन्नेबारे विचार भइरहेको बताइएको छ । यसमध्ये केही विकल्प चाँहि पुणेको सङ्ग्रहालयमा प्रदर्शनमा राखिने वा टाटा समूहद्वारा अधिग्रहण वा लिलामी गर्नेलगायतका छन् ।
सहायक शान्तनुका लागि रतन टाटाले के छोडे ?
केही वर्ष अघि रतन टाटाको साथमा एक किशोर निकै भाइरल भएका थिए । उनी जति बेला जहाँ पनि रतनकै साथमा देखिन्थे । शान्तनु नायडु नाम गरेका ती किशोरलाई रतनले आफ्नो सहायक बनाएका थिए ।
रतन टाटाको इच्छापत्रमा तिनै कार्यकारी सहायक शान्तनु नायडूको नाम पनि छ । रतन टाटाले नायडुसँगको संयुक्त भेञ्चरमा आफ्नो हिस्सेदारी छोडेका छन् र विदेशी शिक्षाका लागि नायडुले लिएको व्यक्तिगत ऋण पनि माफी दिएका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया