मंगलबार, वैशाख २२, २०८३

स्पेनमा बाढीले मृत्यु हुनेको संख्या १५८ पुग्यो

मेरोन्यूज २०८१ कार्तिक १६ गते ८:२०

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या १५८ पुगेको छ। जसमा सबैभन्दा बढी भ्यालेन्सिया सहरमा १ सय ५५ जनाको मृत्यु भएको छ।

Advertisement
NiccNicc

भ्यालेन्सियाको आपत्‌कालीन समन्वय केन्द्रले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो।

सोहीअनुसार पीडितको पहिचान गर्ने काम जारी छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि बिहीबार आपत्‌कालीन समन्वय केन्द्रको भ्रमण गरेका छन्।

बाढीले क्यास्टिल-ला मान्चामा दुई जना र अन्डालुसियामा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया