एलन मस्कलाई अदालतमा उपस्थित गराउन आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई असीमित चन्दा दिएकै कारण विवादमा तानिएका अर्बपति एलन मस्कलाई फिलाडेल्फियाको एक अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
मस्कले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलर उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ गर्दै उक्त अदालतले मस्कलाई यस्तो आदेश गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गरेका थिए । मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । मस्कले ५ नोभेम्बरमा हुने चुनाव सम्म व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गरेका थिए ।
स्पेसएक्स र एक्सका मालिक ५३ वर्षीय मस्कले गत जुलाईमा रिपब्लिकन पार्टीका तर्फ बाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरेयता आफ्नो समय र पर्याप्त प्रभाव लाखौँ अमेरिकीलाई पारेका छन् ।
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया