मंगलबार, मंसिर १८, २०८१

राष्ट्रपति पौडेलले शीतलनिवासमा गरे गाईपूजा 

मेरोन्यूज २०८१ कार्तिक १७ गते १०:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ शनिबार गाईपूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

Advertisement

राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएको उनको सचिवालयले जनाएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । 

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहार अर्थात् यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया