इन्डोनेसियाको जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते
मेरोन्यूज
२०८१ कार्तिक १७ गते १७:०२

एजेन्सी । शनिबार इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका अधिकारीले बताएका छन् ।
बेकासीको विपद् व्यवस्थापन एजेन्सीको पुनर्निर्माण तथा पुनर्वास एकाइका प्रमुख इधम खोलिदका अनुसार बेकासी सहरको औद्योगिक परिसरमा शुक्रबार आगलागी भएको हो भने हाललाई आगो नियन्त्रणमा आइसकेको छ ।
घाइतेहरू मध्येका तीन जनासहित अधिकांश हताहतमा पर्नेहरू कारखानाका कामदारहरू तथा एकजना अग्नि नियन्त्रक रहेको जनाइएको छ ।
जकार्ता खोजी तथा उद्धार विभागका प्रमुख अगुङ प्रियाम्बोडोले घाइते व्यक्तिहरू अस्पतालमा उपचार भइरहेको उल्लेख गरेका छन् ।
सम्बन्धित
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया