प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयद्वारा आयोजित यो महासभा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ, जसमा प्रहरी महानिरीक्षक कुँवर नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।
नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि उक्त महासभामा सहभागी हुन बेलायत गएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना सहित बिदाइ गरेका छन् ।
१९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ, जसमा नेपालले पनि भाग लिनेछ।
यस महासभामा छलफल हुने प्रमुख विषयहरूमा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरू सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (आईडब्ल्यूओएल) तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल प्रमाणमा कानुनी पहुँच, इन्टरपोलको संविधान संशोधनका प्रस्तावहरू, वार्षिक वित्तीय प्रतिवेदन तथा वित्तीय विवरण २०२३, आगामी कार्य कार्यक्रम र बजेट २०२५, र २०२६ तथा २०२७ का लागि प्राथमिकताहरू, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम आदि रहेका छन्। साथै, कार्यकारी समितिका रिक्त पदहरूको निर्वाचन पनि हुने कार्यक्रम रहेको छ ।
महासभामा प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार, र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउन विभिन्न द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम समेत तय भएको छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सम्हाल्नेछन् ।
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया