बुधबार, वैशाख १६, २०८३

पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्य अवस्था स्थिर, हाइ केयरमा उपचार हुदैँ

मेरोन्यूज २०८१ कार्तिक २० गते २०:५३

काठमाडौँ। अचानक अस्वस्थ भई अस्पताल भर्ना गरिएकी पूर्व मुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनलाई हाइ केयर युनिटमा उपचार थालिएको छ।

Advertisement
NiccNicc

उपचारका क्रममा उनलाई निमोनिया देखिएपछि हाइ कियर युनिटमा सारिएको हो।

९७ वर्षिया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

शाहको उपचारमा अस्पतालका कार्डियोलोजिस्ट डाक्टर यादव भट्टसहितको टोली खटिएको छ।

रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।

प्रतिक्रिया