एसोसिएट स्टार मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।
यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहन नेपाली समर्थकका लागि परिचित अनुहार हुन् । उनले यसअघि पनि नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।
यूएईको कप्तानसमेत गरिसकेका ३६ वर्षीय रोहनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । बायाँहाते ब्याटर रोहनले ५८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार माथि रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन् ।
एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै पाँच विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ ।
रोयल्सले यसअघि विदेशी खेलाडीको रूपमा न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ ।
त्यस्तै, अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।
रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दै छ । रोयल्सले कात्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र चार सूदुरपश्चिम हिरोज छनोट गर्ने छ । छनोट कार्यक्रम धनगढीमा हुने छ । आइकोनिक खेलाडी रोयल्सको एनपीएल टोलीमा समावेश हुनुका साथै चार हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षणमा सहभागी हुने छन् । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि एनपीएल सुरु हुँदै छ ।
















कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया