बेनीमा ७ जना सडकापेक्षीको उद्धार

म्याग्दी । मानव सेवा आश्रमका मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले बेनी बजारबाट सात जना सडक आश्रित मानवको उद्धार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली मङगलबार बेनीमा आएको थियो ।
टोलीले बेनी बजारबाट सात जना सडक आश्रित मानवको उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेका सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए । टोलीलाई बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले स्वागत गरेका थिए ।
झापाको मेची पुलबाट शुरु भएको अभियान मार्फत बेनीका सात सहित एक सय ६९ जना सडक आश्रित मानवको उद्धार भएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए । सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ ।
मानव सेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडक पेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने संकल्प गरेको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया