आजदेखि कांग्रेसको ‘युवा संकल्प यात्रा’

काठमाडौं । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट सुरू हुँदैछ । यात्रा झापाको काँकडभिट्टाबाट सुरु हुनेछ ।
यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ।
यस अभियान मार्फत् रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने कांग्रेसको तयारी छ ।
यो अभियानले सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव समेत सिर्जना गर्ने कांग्रेसको विश्वास छ ।
साथै देश बनाउन र नागरिकलाई सबल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कांग्रेसले जनाएको छ ।
















चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया